कीर्तिपुरको सुन्दरीघाटमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाण्डौ ।   बाग्मती नदीमा बाढीको कारण काठमाण्डौ कीर्तिपुरको सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको  सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

निलबाराही गणबाट  खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित ठाउँमा लगिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाग्मतीसहित बिभिन्न नदी खोलामा आएको बाढीका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् ।