कृषि समितिमा आज नयाँ सभापति चयन गरिँदै

काठमाण्डौ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले आज सभापति चयन गर्दैछ ।

यसका लागि समितिले दिँउसो ४ बजे बैठक बोलाएको छ । सभापति आर्जु राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि समितिले नयाँ सभापति चयन गर्न लागेको हो । समितिको आज बस्ने बैठकमा सभापतिको निर्वाचन हुने बताइएको छ ।

समिति सभापतिका लागि नेपाली कांग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सोमबार उम्मेदवारी दर्ता गराउनुभएकी थापा मगरको प्रस्तावक कांग्रेस सांसद वीरबहादुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।