५ देशका राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाण्डौ ।  हिजो (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

स्रोतका अनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाइने भएको छ ।

चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाउनुभएको छ । श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय गर्नु भएको छ ।

मन्त्रिपरिषद्को बैठकले १८ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय पनि गर्नुभएको छ ।

स्रोतका अनुसार भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको हो ।

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस हुनु भएको छ । यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र तिमल्सिना सिफारिस हुनु भएको छ ।