आज देशभर खीर खाने दिन मनाईदै
काठमाण्डौ । साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने दिन मनाइने गरिन्छ ।
डाक्टरहरुका अनुसार दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्छ । दूधमा मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।

