आज देशको विभिन्न भागमा भारी बर्षाको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दैलेखमा पानी परेको  मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै ललितपुरको गोदावरी क्षेत्रमा पनि मध्यम वर्षा भएको  छ । काठमाण्डौको बबरमहल र कपन क्षेत्रमा पनि मध्यम वर्षा भएको  महाशाखाले जनाएको छ ।

अबको केही दिन रातिमा भारी बर्षा हुन सक्ने सम्भावना रहेकाले  स–साना नदीहरूमा आकस्मिक बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन  महाशाखाले अनुरोध गरेको छ ।