बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख हटाउन सिफारिस

काठमाण्डौ । मन्त्रिपरिषदको हिजो (सोमबार) बसेको बैठकले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो ।
मन्त्रिपरिषदको हिजो (सोमबार) बसेको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा र लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर सिफारिस हुुनुभएको छ । त्यस्तै कर्णाली प्रदेशमा यज्ञराज जोशी सिफारिस हुनुभएको छ ।