भारतलाई हराउँदै श्रीलङ्काले पहिलो पटक जित्यो महिला एशिया कप टी–२० क्रिकेटको उपाधि
काठमाण्डौ । भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ ।
हिजो भएको फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायो ।
भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायो ् ।
श्रीलङ्काले पहिलो पटक उपाधि जितेको हो । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेको श्रीलङ्का उपविजेतामै सीमित भएको थियो ।
भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेको छ ।
सन् २००४, २००५–०६, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेको थियो ।

