अमेरिकाको टेक्ससमा लुटेराहरूले गोली हानी एक नेपालीको हत्या

काठमाण्डौ । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । उनी रुकुम बाँकेकोटका स्थानीय हुन् ।
स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेरा संलग्न थियो ।
अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।