आज पनि सातै प्रदेशमा मेघ गर्जन सहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । देशभर साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । त्यस्तै कोसी प्रदेशका एकदुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ ।
सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको हुुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

