बागमती प्रदेशका मुख्यमन्त्री लामाले विश्वासको मत लिदै
काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले भोलि बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुहुने छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ ।
बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साउन १५ गते मङ्गलबार दिउँसो ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ ।
बैठकबाट विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न भोलि दिउँसो ३ बजेका लागि समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

