मौद्रिक नीतिको प्रभावले बैङ्कहरूको शेयरमा सर्किट, १५ अर्ब बढीको कारोबार

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११३ अङ्कले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारका दिन नेप्से परिसूचक ११३ .४२ अङ्कले बढेर २६८१.५६ बिन्दुमा अडिएको हो ।

यस दिन बजारमा ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार तीव्र उछाल आएको बजारमा आज बैङ्कहरूको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ । यस दिन नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआईै बैंक, सानीमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक र नेपाल बैंक गरि १० वटा वाणिज्य बैङ्कहरूको सेयर मूल्यमा पोजेटिभ सर्किट लगेको छ । भने, उपकार लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर पनि सर्किट लेबलमा कारोबार भएको छ ।