बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाण्डौ । आज बिहान ११ बजे बस्नेगरी समितिको बैठक बोलाइएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनु भयो ।

असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । एक महिलाल आइएनजिओमा जागीर लगाइदिने प्रलोभनमा पारेर प्रधानले निरन्तर यौन दुर्व्यवहार गरेको उजुरी दिनु भएको थियो ।

प्रधानसँग पछिल्लोपटक साउन ९ गते समितिले छलफल गरेको थियो । त्यसपछि अर्को बैठकबाट निर्णय सुनाउनेगरी त्यसदिनको बैठक स्थगित भएको थियो । आजको बैठकले उहाँलाई निर्वाचन आयुक्तमा गरिएको सिफारिस अनुमोदन गर्ने कि नगर्ने निर्णय गरिने छ ।