समाजसेवा कार्यमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्ः मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना समारोहको उद्घाटन गर्दै कार्कीले क्लबले युवाहरुको माध्यमबाट समाजमा विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले ‘राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप मिलोस भन्ने शुभकामना दिनुभयो । उहाँले समाजमा लागु पदार्थ दुव्र्यसनको विकराल समस्या भएकोमा चिन्ता व्यक्त्त गर्दै यस कार्यबाट उनीहरुलाई मुक्त गर्न क्लवले काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा सन् २४/२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो सेन्टरले विगत २९ वर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरीबलाई न्यानो कपडा वितरण, बाढी पीडितलाई सहयोग उपलब्ध गर्दै समाजसेबामा लागेको निवर्तमान अध्यक्ष बिमल नेपालले बताउनुभयो ।

