बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो : बेपत्ता एक जनाको खोजी चल्दै

काठमाण्डौ ।  बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गएको छ ।

अर्का एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ती दुई बालक नदीमा पौडी खेल्ने क्रममा हिजो बगेका थिए ।

तीमध्ये बाग्लुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आफ्नी आमासँग सानी आमाको घरमा बुटवल आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार उनीहरु दिदी बहिनीका छोरा हुन् । पौडी खेल्न तीन जनासँगै गएका र दुई जनालाई नदीले बगाएको देखेपछि अर्का बालकले आफन्तलाई खबर गरेका थिए । नदीमा हराएका बिप्रन पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।