क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्धाको पेशी आज
काठमाण्डौ । नाबालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज तोकिएको छ ।
जिल्ला अदालत काठमाडौंले यसअघि न्यायाधीश नभएका कारण देखाउँदै गत असोज १ गते स्थगित गरिएको सो मुद्धाको पेशी आजका लागि तोकिएको हो । झन्डै ६ महिनादेखि एक वा अनेक बहानामा पटक पटक पेसी तोकिँदै आए पनि अन्तिम फैसला नभई सर्दै आएको बेला आज पेशी तोकिएको हो ।
गत असोज १ गते अगाडि लामिछानेको सो मुद्दाको पेशी गत भदौ २१ गतेका लागि तोकिएको थियो ।
अन्तिम फैसला भनिएको उक्त पेशीका दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित भनिएकी किशोरीको यकिन जन्ममिति जनाउने कागज नभएकाले पुनः अर्को माग गर्ने आदेश दिएपछि कुनै काम कारबाही अघि बढेको थिएन । सम्भवतः आजको पेशी पछि अन्तिम फैसाला हुने सक्ने अनुमान गरिएको छ ।