राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

काठमाण्डौ ।  राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको छ ।

गत शुक्रबार सरकारसँग गरेको सहमतिसँग सहमति नजनाएका राहातका शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । राहातका शिक्षकहरुले सरकारसँग भएको सहमति प्रति असन्तुष्ट जनाएका छन् । जसअनुसार उनिहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।

सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहातका शिक्षकहरु असन्तुष्ट रहेका राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताउनु भएको छ ।

अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी रहने अधिकारीले बताउनु भएको छ ।