कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

काठमाण्डौ। कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उहाँको निधन भएको हो ।

मृर्गौलामा समस्या देखिएपछि उहाँको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उहाँको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ ।

नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी हुनु भएको थियो ।