राष्ट्रिय स्वतन्त्र पार्टी विधान संशोधन गर्ने, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी संयोजकत्वमा कार्यदल गठन
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी विधान संशोधन गर्ने भएको छ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आज बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन, परिमार्जन र सुझावका लागि ११ सदस्यीय कार्यदल बनाएको हो ।
उहाँका अनुसार विधान संशोधन गर्नको लागि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलले ९० दिनको समयमा प्रतिवेदन पेश गर्नूपर्ने छ ।
उक्त कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेको झाले बताउनु भएको छ ।
त्यो कार्यदलको बैठक आजै बसेर उपसंयोजक र सचिव तोक्ने बताउनुु भयो । यस्तै, बैठकले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

