प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाण्डौ । प्रि ओपन सेसनमा नेप्से सूचक ४।०३ अंकले बढेको छ । यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ ।

६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ । कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।