नेपाल जिम्न्यास्टिक्स् सुरु गर्यो फाउन्डोन अफ जिम्न्यास्टिक्स् कोर्ष

काठमाण्डौ । नेपाल जिम्न्यास्टिक्स् संघले फाउन्डेसन अफ जिम्न्यास्टिक्स् कोर्ष संचालन गरेको छ । अन्तर्राष्ट्रिय जिम्न्यास्टिक्स महासंघको सहयोगमा संघले ६ दिने एफआइजी एकेडेमिक फाउन्डेसन अफ जिम्न्यास्टिक्स् कोर्ष सुरु गरेको हो।

कार्यक्रमलाई खेलकुद मन्त्री तेजूलाल चौधरीले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै उहाँले अन्य खेल संस्थालाई पनि यस्ता खालका कार्यक्रम गर्न प्रेरणा मिलोस् भन्नेमा आशा राखेको बताउनुभयो। खेलकुद तथा शारीरिक तन्दुरुस्ती प्रतिस्पर्धामा मात्र सीमित नरहेको भन्दै उहाँले यस खेलले पर्यटनमार्फत अर्थतन्त्रमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। यसबाट मित्रराष्ट्रबिच पनि सुमधुर सम्बन्ध स्थापना हुने उहाँले बताउनुभयो।

भक्तपुरमा मंगलबारदेखि सुरु भएको कोर्ष आगामी जुलाई २८ तारिखसम्म चल्नेछ । उक्त कोर्षमा नेपालका १३ जना प्रशिक्षक, एशियाका विभिन्न राष्ट्रबाट ११ जना सहभागी भएका छन्। यो कोर्ष संचालन गर्नका लागि जापान, ब्राजिल र अष्टे«लियाबाट विशेषज्ञहरु आएको संघले जनाएको छ।