मदन भण्डारी मेमेरियल कलेजको डिजिटल उपभोक्ता अधिकार र साइबर सुरक्षा जागरुकता कार्यक्रम सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमेरियल कलेजले डिजिटल उपभोक्ता अधिकार र साइबर सुरक्षा जागरुकता कार्यक्रम सम्पन्न गरेको छ ।
मदन भण्डारी मेमेरियल कलेजका अध्यक्ष एवम् पूर्वपराराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विज्ञान र प्रविधीको समयसापेक्षित सदुपयोग गर्ने विषयमा जोड दिइएको थियो ।
प्रमुख अतिथी पाण्डेले विज्ञान प्रविधीले गरेको विकाससंगै हामीले आफ्नो विकास गर्नुपर्ने बताउनुहुँदै डिजिटल उपभोक्ता अधिकार र साइबर सुरक्षा सम्बन्धी कुरालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा डिजिटल उपभोक्ता अधिकार र साइबर सुरक्षा जागरुकता सम्बन्धमा उपभोक्ता अधिकार संरक्षण मञ्चका महासचिव विष्णु प्रसाद तिमल्सेना र नेपाल प्रहरी साइवर व्युरोका डिएसपी प्रविण ताम्राकारले प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा कलेजका आइसिटी फाउण्डेसनका अध्यक्ष राजन लम्साल, आइसिटी विज्ञ विवेक राना, डिजिटल नेपालका महासचिव जगदिश रौनियरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कलेज प्रमुख डा. बाबुराम अधिकारीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन मदन भण्डारी मेमेरियल कलेज स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी प्रमुख फुलबाबु झाले गर्नुभएको थियो ।
कार्यक्रममा मदन भण्डारी मेमेरियल कलेजबाट १७५ विद्यार्थी, केसीटी कलेजका १० विद्यार्थी, पाटनबाट ५ विद्यार्थी, ५ जना प्रतिनिधि, सिएसआइटी संघ, सिएएन प्रतिनिधि, आइसिटी उद्यमी, डिजिटल नेपाल प्रतिनिधि, रूसी आइसिटी प्रतिनिधिहरू र अन्य आइसिटी सफ्टवेयर र हार्डवेयर प्रतिनिधिहरूको सहभागीता रहको थियो । कार्यक्रम आज (बुधबार) दिउँसो २ बजे कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा भएको हो ।

