एमाले अध्यक्ष ओलीको प्रश्न, नाकाबन्दीका ती दिनलाई कसरी सम्झनु भएको छ ?

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीलाई पराजित गरेको स्मरण गराउनुभएको छ ।

८ वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भारतले नाकाबन्दी गरेको थियो ।

शनिबार बिहान सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै अध्यक्ष ओलीले ८ वर्षअघि आफू देशको प्रधानमन्त्री हुँदा आजैकै दिन असोज ६ गते देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेको स्मरण गराउनुभएको हो ।

उहाँले आजको दिन सम्झिदै जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु नहुने बताउनुभएको छ । उहाँले नाकाबन्दीका ती दिनलाई कसरी सम्झनु भएको छ ? भन्दै प्रश्न समेत गर्नु भएको छ ।