सरकार र शिक्षकबीच सात बुँदे सहमति : आन्दोलन फिर्ता
काठमाण्डौ । आन्दोलनरत शिक्षकहरु र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
आज गृहमन्त्रालय बसेको बैठकमा सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताउनु भएको हो ।
सिंहदरबारमा आज शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो । विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका हुन् ।