एसियन गेम्स महिला फुटबलमा नेपाल समूह चरणको पहिलो खेलमा पराजित

काठमाण्डौ ।  चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमै नेपालले भियतनामसँग नेपालले पराजय भोगेको हो ।

भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो । यस खेलसँगै एसियन गेम्समा नेपाली महिला टिमले डेब्यू गरेको हो ।

भियतनामको जितमा थी बिच थुए गुएन र कप्तान हाइ येन फामले एक–एक गोल गरे । फामले ५३ औँ मिनेटमा भियतनामलाई अग्रता दिलाइन् भने गुएनले ६४ औँ मिनेटमा भियतनामका लागि दोस्रो गोल गरिन् ।

नेपालले दोस्रो खेल जापानसँग आउँदो सोमबार खेल्नेछ ।