राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको मुकुल ढकाललाई ‘गँजेडी’ को संज्ञा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ‘गँजेडी’ संज्ञा दिएका छन् । ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा उनले ‘वाहियात’ बताए ।

पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी उपसभापति डा. वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए । यो कुराकानीको कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको भनाइ थियो ।