रमेश बडाल महान्यायाधिवक्ता नियुक्त, जिफन्ट अध्यक्ष श्रेष्ठद्वारा बधाई

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) उपाध्यक्ष रमेश बडाल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम  वरिष्ठ अधिवक्ता बडाललाई साउन २ गते उक्त पदमा नियुक्त गर्नुभएको हो ।

महान्यायाधिवक्ता नियुक्त हुनुभएकोमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले बडाललाई समस्त श्रमिकहरूको तर्फबाट बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

उहाँ यस अघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना,  महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनु भएको थियो ।