शिक्षकहरूको आन्दोलनमा सरकार गम्भीर हुनुपर्छ : एमाले अध्यक्ष ओली
काठमाण्डौ । शिक्षकहरूको आन्दोलनमा सरकार गम्भीर हुनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । उहाँले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनु भएको हो ।
हिजो पार्टी निकट राष्ट्रिय युवासङ्घ दमक नगर कमिटीले आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक वक्तृत्वकला प्रतियोगिता तथा साक्षात्कार कार्यक्रममा उहाँले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गर्नु भएको हो ।
सरकारले राम्ररी काम पनि नगर्ने र राज्यलाई गर्न नदिने परिपाटीको विकास भइरहेको उहाँले आरोप लगाउनु भएको छ । ओलीले आफू प्रधानमन्त्री हुँदा नारामात्रै दिएको नभई एउटा निश्चित गन्तव्यमा पुग्ने नीति, कार्यक्रम ल्याएको बताउनु भएको छ ।