ललितपुर महानगरमा लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन

काठमाण्डौ । ललितपुर महानगरपालिकाले गएको आर्थिक वर्षमा लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाले आर्थिक वर्ष २०८०÷८१ मा महानगरले दुई अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार रुपैयाँ सङ्कलन भइसकेको बताउनुभयो ।

त्यस्तै गएको आर्थिक वर्षमा ललितपुर महानगरले ८१ दशमलव २२ प्रतिशत पूँजीगत खर्च गरेको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिनुभयो ।

यस्तै काठमाण्डौ महानगरपालिकाले गएको आर्थिक वर्षमा लक्ष्यको हाराहारीमा राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले आर्थिक वर्ष २०८०÷८१ मा १० अर्ब ८० करोड ७८ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९८ दशमलव ५१ प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार रुपैयाँ सङ्कलन भएको जानकारी दिनुभयो ।

महानगरले गएको आर्थिक वर्षमा घरबहाल करमार्फत दुई अर्ब ९१ करोड ८८ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।