
एमएच १७ विमान खसालिएको घटनामा रुस जवाफदेही
एजेन्सी । अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झण्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच १७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ ।
सन् २०१४, १७ जुलाईमा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको बोइङ–७७७ विमानलाई पूर्वी युक्रेनमा रूसद्वारा निर्मित हवाई मिसाइल प्रहार गरेर खसालिएको थियो ।
विमानमा सवार ३८ जना अस्ट्रेलियाली नागरिकसहित सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो ।
विमान दुर्घटनामा आफ्ना आमाबाबु गुमाउने पल गार्डले विगत १० वर्ष निकै लामो समय रहेको र रुसलाई यस घटनाका लागि जवाफदेही बनाउनुपर्ने चाहना व्यक्त गर्नुभयो ।