
बधाई र शुभकामनाको लागि प्रविधिको सदुपयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन डिजिटल माध्यमको प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि बधाई तथा शुभकामना दिन चाहनेहरुलाई भेटेर खादा र माला दिनुको सट्टा सकेसम्म म्यासेन्जरको प्रयोग गरी सन्देश पठाउन आग्रह गर्नुभएको हो ।
गएको असार ३० गते उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको होे । प्रधानमन्त्रीसँगै नवनियुक्तमन्त्रीहरुलाई बधाई तथा शुभकामना दिन सिंहदरबारमा शुभेच्छुकहरुको चहलपहल धेरै छ ।