
राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक मंगलबार प्रमाणीकरण गर्नुभएको छ ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।