
एक वर्षमा २ लाख ३१ हजारभन्दा बढीले गरे पाथीभाराको दर्शन
काठमाण्डौ । एक वर्षको अवधिमा २ लाखभन्दा बढीले पाथीभारा मन्दिरको दर्शन गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा २ लाख ३१ हजार ३ सय ३४ जनाले पाथीभारा मन्दिरको दर्शन गरेका हुन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को बिट मार्ने महिना असारमा मात्र २ हजार ७ सय ५६ जनाले मन्दिरको दर्शन गरेका छन्।
असार महिनामा झन्डै २० लाख ४५ हजार रुपैयाँ भेटि सङ्कलन भएको पनि उहाँले बताउनुभयो। कार्यकारी निर्देशक हाङवाङका अनुसार कूल २० लाख ४४ हजार ९ सय रुपैयाँ भेटि सङ्कलन भएको छ।