पश्चिम रुकुममा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु

काठमाण्डौ । रुकुम पश्चिममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । साथै, पहिरोमा परी डिल्लीबहादुर बुढाथोकी हराइरहेका छन् ।

आठबिसकोट ११ मा पनि पहिरोले एउटा घर बगाएको छ । बाढीसँगै आएको पहिरोले घर बगाएको हो ।