
मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राखिने, सरकारको प्रवक्तामा गुरुङ
काठमाडौं । सरकारले मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य राख्ने अभ्यासलाई फेरि सुरु गर्ने भएको छ । सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भएको हो ।
आज बसेको मन्त्रिपरिषदका निर्णयहरु गुरुङले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो । तर, अब आइन्दाका वैठकको तत्कालै जानकारी नगराइने उहाँले बताउनु भएको हो ।
‘मन्त्रीपरिषदको निर्णय परिपक्व हुन २४ घन्टा लाग्छ । २४ घन्टाभित्र निर्णयहरु गोप्य राख्नुपर्ने प्रावधान उल्लंघन भइरहेको रहेछ । तर, अब देखि हामी २४ घन्टापछि मात्रै निर्णय सार्वजनिक गर्छौं,’ उहाँको भनई थियो ।
बैठकको भोलिपल्ट मन्त्री गुरुङले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने बताउनु भएको छ । सार्वजनिक महत्वका र अत्यावश्यक निर्णय तत्काल जानकारी गराउनुपर्नेमा छलफल गरेर जानकारी गराउने समेत उहाँले बताउनु भएको हो ।