
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नु भएको छ । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो ।
त्यसअघि उहाँले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गर्नु भएको थियो । साथै पार्टी केन्द्रीय कार्यालय च्यासल पनि पुग्नु भएको थियो । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।