साफ यू–१९ च्याम्पियनशिप : बङ्गलादेशविरुद्ध भारतलाई ३–० को अग्रता

काठमाण्डौ । साफ यू–१९ च्याम्पियनशिपमा भारतले विजयी सुरुवात गरेको छ ।

आज (बिहीवार) त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० गोलले हरायो ।

पहिलो हाफमा २ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थपेको हो । भारतका लागि गुग्मसार गोयरी, नओबा मेइतेई र अर्जुन ओइनामले १/१ गोल गरे ।

यो जितसँगै समूह ’बी’ मा रहेको भारतले ३ अङ्क जोडेको छ । यो समूहमा भारत, बङ्गलादेश र भुटान छन् ।

प्रतियोगिताको दोस्रो खेलमा आजै बेलुकी साढे ५ बजे घरेलु टोली नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यो समूहमा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।