नारायणी नदीमा भेटिएका तीनवटै शव सिमलताल दुर्घटनाको भएको पुष्टि

काठमाण्डौ । चितवन र नवलपुर स्थित नारायणी नदी किनारमा भेटिएका तीन वटा शव सिमलताल बस दुर्घटनामा परेर हराएका यात्रुको भएको पुष्टि भएको छ । नवलपुरको गैडाकोट(७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएका दुई वटा शव मध्ये थप एक जनाको पनि सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार उक्त शव चितवनको माडी नगरपालिका(१ बस्ने बर्ष २२ का विकाश परियारको रहेको पुष्टि भएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ गई रहेको एन्जल लेखेको बा.प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार रहेको भनी मृतकका दाई विजय परियारले सनाखत गरेको प्रहरीले जनाएको छ । अन्य दुई वटा शवको हिजो नै सनाखत भएको थियो।

भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदी किनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साह र गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदी किनारमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको पुष्टि भएको थियो।

यसैबीच नवलपुर र पश्चिम नवलपरासी नारायणी नदी किनार आसपास प्रहरीले दुर्घटनामा परेका यात्रुहरूको खोजी शुरू गरेको छ ।