सुरक्षित भनेर घोषणा गरिएको क्षेत्रमै इजरायलको आक्रमण, ७१ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले गाजाको खान यूनिसस्थित अल–मवासी क्षेत्रमा गरेको हवाई आक्रमणमा परी कम्तिमा ७१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार भएको उक्त आक्रमणमा २८९ जनाभन्दा बढी घाइते भएका छन्।

मन्त्रालयले युद्धका कारण विस्थापित भएका मानिसलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको बताउँनु भयो ।

इजरायली सेनाले उक्त क्षेत्रलाई सुरक्षित क्षेत्रको रूपमा घोषणा गरेको थियो र प्यालेस्टिनी नागरिकलाई त्यहाँ आश्रय लिनका लागि उपयुक्त हुने बतानुभएको थियो।

आक्रमण पछि इजरायली सेनाले घटनाबारे छानबिन गर्ने बताएको छ।

इजरायली सञ्चार माध्यमहरूका अनुसार हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गरी उक्र आक्रमण गरिएको थियो।