प्रधानमन्त्रीमा अध्यक्ष ओलीको दाबी पेस

काठमाण्डौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस(एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा शितलनिवास गएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भयो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।