अनुभवी टिमलाई पनि हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको छ : आसिफ सेख
काठमाण्डौ। टि २० विश्वकपमा अनुभवी टिमसँग खेलेर आफ्नो आत्मविश्वास बढेको नेपाली क्रिकेटर आसिफ सेखले बताउनुभएको छ ।
आज (शुक्रबार) इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाण्डौले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विश्वकपबाट धेरै सकारात्मक कुराहरु लिन सकिने बताउनुभयो । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर नै अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको बताउनुभयो ।
यस सम्झौताबाट दीर्घकालिन सहकार्य बढ्ने र एक आपसमा मिलेर नेपालको खेल क्षेत्र र शैक्षिक क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास कन्सलटेन्सीको छ । सम्झौता हाललाई २ वर्षको रहने र आवश्यकता बमोजिम एक आपसको समझदारीमा सम्झौता बढाउँदै जाने बताइएको छ ।