
अर्जेन्टिनाका एन्जेल डि मारियाले कोपा अमेरिकाको कोलम्बियासँगको फाइनल खेलपछि सन्न्यास लिने
काठमाण्डौ । अर्जेन्टिनाका एन्जेल डि मारियाले आउँदो सोमवार विहान हुने कोपा अमेरिकाको फाइनल खेलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने भएका छन् । फ्लोरिडाको मियामी गार्डेन्समा हुने फाइनल कोलम्बियासँगको खेलपछि ३६ वर्षीय डि मारियाले सन्न्यास लिने भएका हुन् ।
उनले सन् २००८ मा अर्जेन्टिनी टोलीबाट खेल्न शुरु गरेका थिए । मारियाले १ सय ४४ खेलमा ३१ गोल गरेका छन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्न्यास लिन चाहेको उनले बताएका छन् ।
अर्जेन्टिनालाई दोस्रो पटक विश्वकप र १५ औँ पटक कोपा अमेरिकाको उपाधि जिताउन कप्तान लिओनल मेसीसँगै डि मारियाले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।