त्रशूलीमा पहिरो आउँदा दुई बस बेपत्ता, बसमा चालकसहित ६५ यात्रु रहेको अनुमान

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा  बेपत्ता भएका छन । बसमा चालकसहित ६५  जना  रहेका अनुमान गरीएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका थिए । उहाँका अनुसार काठमाण्डौ बाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका थिए ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ । बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइनसकेको जानकारी दिनुभयो ।