पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

काठमाण्डौ । बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको मृत्यु भएको हो ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीलाई बिहान मात्रै खबर पुगेको र घटनास्थल जाँदै गरेको बागलुङ प्रहरीले जनाएको छ ।