
लमजुङमा खरखरे पहिरोको कारण बेसीसहर–चामे सडक अवरुद्ध
काठमाण्डौ । अविरल वर्षासँगै पहिरो झर्दा बेसीसहर चामे सडक अवरुद्ध भएको छ । लमजुङको बेसीसहर ६ खरखरेमा पहिरो झरेको हो ।
पहिरोले सडक ढाकेपछि यातायात रोकिएको हो । अहिले गण्डकीका प्रायः जिल्लामा मुसलधारे पानी परिरहेको छ । नदी र खोलाको बहाव बढेको छ ।