यस वर्ष ललितपुर महानगरको पुँजीगत खर्च ८१ प्रतिशतभन्दा बढी

 

काठमाण्डौ । ललितपुर महनगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको ८३ प्रतिशतभन्दा धेरै खर्च गरेको छ।

चालु आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख रूपैयाँको बजेट ल्याएको थियो।

महानगरले मंगलबार नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो।

महानगरका अनुसार असार २४ गतेसम्म कुल खर्च ८३.६२ प्रतिशत छ। यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत छ।

त्यस्तै राजस्व संकलन ९८ .५ प्रतिशत र बेरूजु ०.४ प्रतिशत रहेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए।