शिक्षकहरुद्वारा उठाइएका मागहरुप्रति एमालेको समर्थन
काठमाण्डौ । नेपाल शिक्षक महासंघको आन्दोलन र शिक्षकहरुद्वारा उठाइएका मागहरुप्रति नेकपा (एमाले)ले समर्थन जनाएको छ ।
शिक्षकहरुले उठाएको संविधानसँग जोडिएका कतिपय विषयवस्तुहरुले भने थप छलफल र बहसको आवश्यकता महशुस गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताउनु भएको छ ।
संसद्मा दर्ता भएको शिक्षा विधयेक, २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश माग समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनीयता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।
उहाँले शिक्षकहरुका यी मागहरूले शिक्षकहरुको मात्रै हित नगर्ने भई समग्र सार्वजनिक शिक्षा कै उज्यालो भविष्यका लागि नयाँ आयाम निर्माण गर्ने बताउनुभएको छ ।