एसियन गेम्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल इरानसँग पराजित

काठमाण्डौ । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ ।

समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा नेपालले इरानसँग ३–० को सोझो सेटमा पराजय भोगेको हो ।

इरानले नेपाललाई २५–९, २५–१५ र २५–१३ ले पराजित गरेको हो ।

यसअघि मंगलबार पहिलो खेलमा नेपालले बहराइनसँग ३–१ को पराजय भोगेको थियो ।