राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहसस् भ्रष्टाचार छानबिनको माग

काठमाण्डौ । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राजधानी काठमाडौंमा सार्वजनिक बहसको आयोजना गरेको छ।

बहसका क्रममा तीन प्रमुख निष्कर्षहरूमा सहमति भएको छ। जसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने, विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने, र बिआरआई बेल्ट एन्ड रोड इनिसिएटिभ ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने समावेश छ।

बहस कार्यक्रमको अध्यक्षता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले गरेका थिए। कार्यक्रममा प्रमुख वक्ताका रूपमा एमाले उपमहासचिव योगेश भट्टराई थिए। उनले बिआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने आवश्यकता औँल्याए।