सुदूरपश्चिम सरकारले सार्वजनिक नगर्दै बजारमा रातो किताबु भेटिएको भन्दै कांग्रेसको विरोध

काठमाण्डौ । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट पुस्तिका रातो किताबु आधिकारिक रुपमा सार्वजनिक नगर्दै बजारमा भेटिएको भन्दै विरोध जनाएको छ ।

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले आउँदो आर्थिक वर्षको बजेट पुस्तिका ‘रेडबुक’ आधिकारिक रूपमा सार्वजनिक नहुँदै बाहिरिएको घटनामा सरकारको धारणा माग गर्नुभएको छ । शाहले सरकारको लापर्वाही र गैरजिम्मेवारीका कारण रेडबुक सार्वजनिक गरिएको आरोप लगाउँदै छानबिन समितिको माग गर्नुभयो । तर सत्तापक्षले त्यसको खण्डन गरेको छ ।

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले सरकारले आधिकारिक रूपमा रातो किताब सार्वजनिक नगरेको जानकारी दिनुभयो । उहाँले रेडबुक बाहिरिएको भएमा थप आवश्यक छलफल गर्ने बताउनुभयो । गएको असार एक गते प्रदेशसभामा पेस गरिएको आर्थिक वर्ष २०८१र८२ को बजेट कार्यक्रमको पुस्तिका ९रातो किताब० प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छैन । त्यस्तै प्रदेशसभामा आउँदो वर्षको बजेटमाथिको छलफल पनि शुरु हुन सकेको छैन ।