
मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘विद्यार्थी विदेश पलायन’ विषयक छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले ‘विद्यार्थी विदेश पलायन’ विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजको २३औँ वार्षिकोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मङ्गलवार बिहान रेडियो श्वेत शार्दूलको संयोजनमा ‘विद्यार्थी विदेश पलायन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डा। बाबुराम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यार्थी प्रकृति थापाले गर्नुभएको थियो ।
अन्तरक्रियामा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय प्रवक्ता सुरज सेजुवाल र अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटासँग विद्यार्थीहरूले अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख तीन विद्यार्थी सङ्गठनका नेताहरूले विद्यार्थीहरूको बढ्दो विदेश पलायन चिन्ताको विषयभन्दै यसलाई रोक्न ढिला गर्न नहुनेमा जोड दिएका हुन् ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय प्रवक्ता सुरज सेजुवाल र अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाले विश्वविद्यालयको पाठ्यक्रम सिपमूलक र व्यवहारिक नहुनु, राम्रो अवसर नपाउनु, विद्यार्थीहरू मनोवैज्ञानिक रूपबाटै कमजोरी हुनु आजको मुख्य समस्या भएको भन्दै तत्काल मुलुकको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन जरुरी रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेबिसङ्घका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले विद्यार्थीहरूलाई विश्वविद्यालयमा चलिआएको शिक्षादेखि निराशा छाएको र सोही शिक्षा अनुसारको रोजगार नभएकै कारणले बौद्धिक पलायन ९ब्रेन ड्रेनको ० अवस्थासमेत आएको बताउनुभयो । शिक्षित जमातले राम्रो अवसर नपाउनु, व्यवहारिक शिक्षा नहुँदा मनोवैज्ञानिक रूपबाटै विद्यार्थीहरू कमजोरी हुनु आजको मुख्य कमजोरी रहेको सेजुवालको भनाइ छ । कार्यक्रममा बोल्नुहुँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले विद्यार्थीहरूले नै जागरण पैदा गर्न मूल नेतृत्वदायी भूमिका खेल्ने भन्नुहुँदै अब विद्यार्थी आन्दोलन समग्र शिक्षा प्रणाली सुधारमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको दिनमा युवा विद्यार्थीहरूले नै यो देशको नेतृत्वदायी भूमिका गर्नुपर्छ ।’ उहाँले भन्नुभयो,‘‘विद्यार्थी सङ्गठनको काम भनेको केबल तालाबन्दी गर्ने , तोडफोड गर्ने भन्ने गलत भाष्य स्थापित भएको छ, त्यो आफैँमा गलत रहेको छ । शिक्षा , स्वास्थ्य जस्ता क्षेत्रमा कति जनशक्ति चाहिन्छ त्यसको बारेमा पनि ज्ञान हुनुपर्छ, समग्र शिक्षा प्रणाली सुर्धान अब विद्यार्थीहरू नै लाग्नु पर्ने बोला आएको छ।’
कार्यक्रममा बोल्नुहुँदै अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाले क्याम्पसहरूमा अबदेखि तालाबन्दी नगर्ने भनेर नै स्पष्टीकरण दिइसकेको र विद्यार्थी आन्दोलनका नामामा स्थापित गलत भाष्ययहरुलाइ अन्त्य गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो । ‘विद्यार्थीहरू पढ्दै कमाउँदै भन्ने केबल नारामा मात्र सीमित होइन यसलाई राज्यले नै छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्छ ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा उठेका विभिन्न प्रश्नको उत्तर दिँदै अनेरास्ववियु अध्यक्ष बडालले सूचना प्रविधि र सामाजिक सञ्जालको सही प्रयोगले आज युवाहरूलाई धेरै ज्ञानका कुराहरू सिक्न मद्दत पुगेको बताउनुभयो । उहाँले आज आइटी , इडिटिङ सम्बन्धी क्षेत्रहरू कसरी अगाडी बढाउने भनेर राज्यलाई यस विषयमा आफूहरूले प्रश्न गरिरहने समेत बताउनुभयो।
कार्यक्रममा विद्यार्थी नेताहरू क्षितिज सापकोटा र सुरज सेजुवालले यदि नीति र कार्यलाई सही तरिकाबाट निर्धारण गरियो र विषय अनुसारकै सीपको विकास राज्यले ग¥यो भने पक्कै पनि केही हदसम्म नियन्त्रणमा आउने जिकिर गर्नुभयो ।
राज्यभित्रको नीत लाईसमेत अब सुधार गर्नुपर्ने बेला आएको र सीपसँगै शिक्षा भन्ने नाराका साथ सम्पूर्ण विद्यार्थी सङ्गठनहरूले एकै स्वरमा आवाज उठाएको उहाँहरूले बताउनुभयो ।
मदन भण्डारी मेमोरियल कलेजले असार ९ गते देखि असार १४ गतेसम्म २३औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरू मनाइरहेको छ । जननेता मदन भण्डारीको स्मृतिमा २०५८ सालमा सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा दिने अभिप्रायले सामुदायिक कलेजको रूपमा स्थापना भएको यस कलेजमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्यापन हुँदै आएको छ ।